काठमाडौँ । उच्च अदालत पाटनमा बलात्कार पीडित युवतीले आत्महत्या प्रयास गरेकी छन् ।
बिहीबार पीडित ३० वर्षीया एक युवतीले आत्महत्या प्रयास गरेपछि प्रहरीले उनलाई उद्धार गरेर पाटन अस्पतालमा उपचारको लागि पठाएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको भन्दै पीडितले किटनाशक औषधी सेवन गरेकी हुन् ।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया