काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा भारी मतान्तरले विजयी भएका केपी शर्मा ओली केन्द्रीय सदस्यमा भने पराजित भएका छन्। एमालेको विधानअनुसार पदाधिकारी पदमा उम्मेदवारी दिनेले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिन पाउने व्यवस्था छ।

अध्यक्ष पदमा १ हजार ६ सय ६३ मत प्राप्त गरी विजयी भएका ओलीले केन्द्रीय सदस्यतर्फ भने ९ सय ७९ मत मात्र पाउँदै पराजय बेहोरेका छन्। एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुला केन्द्रीय सदस्यतर्फ २८औँ स्थानमा रहेका ओली पराजित भएका हुन्।

advertisement

यस्तै, अध्यक्ष पदमा ५ सय ६४ मत ल्याएर पराजित भएका ईश्वर पोखरेल भने केन्द्रीय सदस्यमा विजयी भएका छन्। एमाले निर्वाचन आयोगका अनुसार पोखरेल खुला केन्द्रीय सदस्यतर्फ ९औँ स्थानमा रहँदै १ हजार ८८ मतसहित निर्वाचित भएका छन्।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com