काठमाडौं । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिमा सक्रिय हुने भएका छन्। सोही क्रममा रास्वपाले उनलाई समानुपातिक प्रणालीतर्फको उम्मेदवार बनाउने तयारी गरेको छ।
रास्वपाले बिहीबार सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा मधेस प्रदेशअन्तर्गत सिराहाबाट यादवको नाम समावेश गरिएको छ। उनको नाम सिराहा जिल्लाबाट मधेसी कोटामा सूचीकृत गरिएको हो। पार्टीले आन्तरिक निर्वाचन प्रक्रियामार्फत समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याउने प्रक्रिया अघि बढाइसकेको जनाएको छ।
यसैबीच, रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत यादवलाई पार्टीमा स्वागत गर्दै उनको सक्रिय सहभागिताले पार्टीलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया