काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष समीक्षा बाँस्कोटा र महासचिव रञ्जु दर्शना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत समानुपातिक उम्मेदवारीका लागि आवेदन दिएका छन्।

रास्वपाले १४ मंसिरमा विवेकशील साझा पार्टीसँग एकता गरेको थियो। यद्यपि, विवेकशील साझाबाट आएका नेताहरूलाई अहिलेसम्म पार्टीको केन्द्रीय समितिमा समावेश गरिएको छैन। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दुवै नेताले समानुपातिक उम्मेदवार बन्न इच्छुकता देखाएका छन्।

advertisement

बाँस्कोटा र दर्शनाले खस आर्य क्लष्टर अन्तर्गत बागमती क्षेत्रबाट समानुपातिक उम्मेदवारीका लागि आफ्नो नाम दर्ता गराएका छन्। रास्वपाले इच्छुक उम्मेदवारलाई अनलाइनमार्फत आवेदन दिने अवसर प्रदान गरेको थियो।

समानुपातिक उम्मेदवारको प्रारम्भिक नामावली गएराति सार्वजनिक गरिएको छ भने, अन्तिम सूची आगामी १४ पुसमा सार्वजनिक गरिने रास्वपाले जनाएको छ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com