काठमाडौं ।  रुपन्देहीको कञ्चन गाउँपालिका–धौलागिरी चौकका १७ बर्षिय इशान शर्मा पौडेलको शव फेला परेको छ। उनको हत्या भएको बताइएको छ।

तेक्वान्दोका खेलाडी रहेका इशानकी आमा ब्यूटीपार्लर चलाउने गर्छिन्। ईशान बुधबार साँझदेखि बेपत्ता रहेका थिए।

advertisement

स्थानीयका अनुसार विद्यालयमा एक किशोरीको विषयमा साथीसँग ईशानको झगडा परेको थियो। झगडा गरेका मध्य एक जनालाई प्रहरीले सोधपुछका लागि पक्राउ गरिसकेको छ।

तर हत्याको खास कारणचाहिँ खुलीसकेको छैन।

दोषीलाई छिटो पक्राउ गर्न स्थानीयले माग गरेका छन्। कन्चन–३ का वडा सदस्यसमेत रहेका छिमेकी दीपक अधिकारी केही दिन पहिले विद्यालय परिसरमा ईशान र साथीहरूबीच एक युवतीको विषयमा विवाद भएको बताएका छन्।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com