काठमाडौं । भैरहवाको विमानस्थलमा बाक्लो हुस्सुका कारण उडान अवरुद्ध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भरतपुर हुँदै रुपन्देहीतर्फ लगिएको छ। लामिछाने बुद्ध एयरको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर उडेका हुन्।
केन्द्रीय कारागारका डीएसपी जेसी शाहले उनलाई विमानस्थलसम्म लगेका थिए। शुक्रबार बिहान ८ बजे नै विमानस्थलमा उपस्थित गराए पनि भैरहवाको मौसम नखुलेको कारण लामो समयसम्म विमानस्थलमा रोकिनु परेको थियो।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलले बिहीबार रविलाई तीनवटा सर्त पूरा गरेपछि रिहा गर्न आदेश दिएका थिए।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया