काठमाडाैं । टिपरबाट माटो झार्ने क्रममा विद्युत्को तारमा छोइएर करेन्ट लाग्दा एकजना युवकको मृत्यु भएको छ ।

करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका–१ मबस्ने २२ वर्षीय श्याम ऋषिदेव रहेका छन् ।

advertisement

ग्रामथान गाउँपालिका–१ सरस्वती स्कुलपछाडि नहरको छेउमा टिपरको हाइड्रोलिक उठाई माटो झार्दा विद्युतको तारमा छोइएपछि करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका टिपरका सहचालक श्यामको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com