बुटवल । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने रिहा भएका छन् । शुक्रबार रुपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् ।
नख्खु कारागारमा रहेका उनलाई बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । उक्त आदेश न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासबाट जारी भएको थियो ।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया