काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही अदालतमा आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि चितवन प्रस्थान गरेका छन् । उच्च अदालत बुटवलको आदेशअनुसार धरौटीमा रिहा भएसँगै, शुक्रबार साँझ रुपन्देही जिल्ला कारागारबाट मुक्त भई उनी चितवन प्रस्थान गरेका छन्।
लामिछाने काठमाडौँबाट हवाईमार्ग हुँदै भरतपुर पुगेका थिए भने त्यहाँबाट सडकमार्ग प्रयोग गरी साँझ पौने ६ बजे रुपन्देही पुगेका हुन् ।
यसअघि उनलाई रुपन्देही कारागारमा राखिएको थियो । पछि आफ्नै अनुरोधमा उनलाई ललितपुरस्थित नख्खु कारागारमा सारिएको थियो ।
बिगो रकमस्वरूप २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएपछि उनी रिहा भएका हुन् ।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया