काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही अदालतमा आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि चितवन प्रस्थान गरेका छन् । उच्च अदालत बुटवलको आदेशअनुसार धरौटीमा रिहा भएसँगै, शुक्रबार साँझ रुपन्देही जिल्ला कारागारबाट मुक्त भई उनी चितवन प्रस्थान गरेका छन्।

लामिछाने काठमाडौँबाट हवाईमार्ग हुँदै भरतपुर पुगेका थिए भने त्यहाँबाट सडकमार्ग प्रयोग गरी साँझ पौने ६ बजे रुपन्देही पुगेका हुन् ।

यसअघि उनलाई रुपन्देही कारागारमा राखिएको थियो । पछि आफ्नै अनुरोधमा उनलाई ललितपुरस्थित नख्खु कारागारमा सारिएको थियो ।

बिगो रकमस्वरूप २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएपछि उनी रिहा भएका हुन् ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com