काठमाडौं । नेकपा एमालेको सचिव पदमा हार बेहोरेका गोकुल बास्कोटाले अब लाए अह्राएको काम गर्ने प्रतिक्रिया दिएका छन्। शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै गोकुलले यस्तो बताएका हुन्।

‘भनेकै थिएँ–जिते चलाउने, हारे सघाउने,’ गोकुलले लेखेका छन्, ‘खाल हारियो,च्याँखे जितियो।’ अब पार्टीले अह्राएको काम गर्ने प्रतिक्रिया दिएका छन्। ‘अब लाए अह्राएको गर्ने,नलाए सुन्ने, हेर्ने र ताली बजाउने’, उनले अगाडी लेखेका छन्।

तर कुनै फुर्लुङमा तरुवा र सुरुवा बन्न नजाने बताउँदै उनले ‘केही छ अब थप?’ भनेर प्रश्न गरेका छन्।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com