काठमाडौं  । नेकपा एमालेकी केन्द्रीय सदस्य नवीना लामाले नेतृत्व हस्तान्तरण र पार्टीको पुनर्गठन आवश्यक रहेको बताएकी छन्।

केन्द्रीय कमिटीमा धारणा राख्दै उनले जेनजिएको आन्दोलनपछि नयाँ सरकार आएको उल्लेख गरिन्। उनले भनिन्, “यो सरकार किन आयो भन्ने बारेमा विभिन्न विचार आएका छन्, तर वास्तवमा हामीले जनताको मन जित्न सकेका छैनौं। जनतासँग हाम्रो छवि साँच्चिकै कमजोर भइसकेको छ।”

उनले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरण अपरिहार्य रहेको बताइन्। साथै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता रोक्न नहुनेमा उनको जोड थियो।

लामाले पार्टी र वर्तमान व्यवस्थालाई बचाउनु आवश्यक रहेको पनि औँल्याइन्।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com