काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य नवीना लामाले नेतृत्व हस्तान्तरण र पार्टीको पुनर्गठन आवश्यक रहेको बताएकी छन्।
केन्द्रीय कमिटीमा धारणा राख्दै उनले जेनजिएको आन्दोलनपछि नयाँ सरकार आएको उल्लेख गरिन्। उनले भनिन्, “यो सरकार किन आयो भन्ने बारेमा विभिन्न विचार आएका छन्, तर वास्तवमा हामीले जनताको मन जित्न सकेका छैनौं। जनतासँग हाम्रो छवि साँच्चिकै कमजोर भइसकेको छ।”
उनले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरण अपरिहार्य रहेको बताइन्। साथै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता रोक्न नहुनेमा उनको जोड थियो।
लामाले पार्टी र वर्तमान व्यवस्थालाई बचाउनु आवश्यक रहेको पनि औँल्याइन्।
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार













प्रतिक्रिया