काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज काठमाडौँको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ आयोजना गर्दैछ। पार्टी एकीकरणपछि सातै प्रदेशमा सन्देश सभा गरिसकेको नेकपाले राजधानीमा केन्द्रीयस्तरको सभा गर्न लागेको हो।

बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुने सभामा सहभागी हुन पार्टी मातहतका सबै कमिटीलाई आह्वान गरिएको छ। पार्टीका अनुसार बिहान ११ः३० बजे सुन्धारा, नयाँ सडक चोक र शान्ति बाटिकामा सहभागीहरू भेला भई दिउँसो १२ः१५ बजेबाट जुलुससहित भृकुटीमण्डपतर्फ प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ।

advertisement

सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावललगायत नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ।

गत कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वामपन्थी घटक एकीकरण भएर नेकपा बनेपछि पार्टीले मंसिर १२ गतेदेखि प्रदेशस्तरमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्दै आएको छ। मंसिर २३ गते हेटौँडामा तय गरिएको सभा त्यहाँ घर–टहरा विस्तारको काम जारी रहेकाले स्थगित भई काठमाडौँमा आयोजना गरिएको पार्टीले जनाएको छ।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com