चितवन । उज्यालाे नेपाल पार्टीको पहिलो जिल्ला भेला आज चितवनमा आयोजना हुँदैछ।

भरतपुरको केन्द्रीय बसटर्मिनल नजिकै रहेको एक होटलमा हुने भेलालाई प्रमुख अतिथिका रूपमा उर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मन्त्री घिसिङ शुक्रबार नै चितवन आइपुगेका छन्।

advertisement

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू सिता पाण्डे र रिमा विश्वकर्मा तथा बागमती प्रदेश संयोजक प्रविन तामाङले पनि सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ।

पार्टीका चितवन जिल्ला अगुवा भविश्वर चापागाईंका अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहनेछ।

उनका अनुसार भेलाबाट तत्कालीन रूपमा तर्दथ समिति गठन गरिनेछ, जसपछि मात्र जिल्ला समितिले औपचारिकता पाउनेछ। साथै, भरतपुर महानगरपालिकासहित जिल्लाका सातै स्थानीय तहमा पार्टीका संगठनात्मक संरचना विस्तार गरिने जानकारी पनि उनले दिएका छन्।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com