एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूससँग इज्जतका साथ पेस भए युक्रेनपछि अन्य कुनै युद्ध नहुने बताएका छन् ।

उनले आफ्नो पत्रकार सम्मेलनका क्रममा रूसका सँग इज्जतका साथ पेस भए युक्रेनपछि अन्य कुनै युद्ध नहुने बताएका हुन् । पुटिनले रूसले युरोपेली मुलुकहरू माथि आक्रमणको योजना बनाएको भन्ने दाबीलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

advertisement

झण्डै साढे चार घण्टासम्म चलेको एक टीभी कार्यक्रममा बीबीसीका रूस सम्पादक स्टीभ रोसेनबर्गले पुटिनसँग प्रश्न गरेका थिए- के आगामी दिनमा कुनै ‘स्पेशल मिलिट्री अपरेसन’ हुन्छ ? जवाफमा पुटिनले भने, ‘यदि, तपाईं हामीसँग इज्जतका साथ पेश हुनुहुन्छ, हामीले सधैं तपाईंको हितको सम्मान गर्ने कोसिस गरेका छौं, तपाईं पनि हाम्रो हितको सम्मान गर्नुहुन्छ भने अन्य कुनै सैन्य कारबाही हुँदैन ।’

डिसेम्बरको सुरूवातमा पुटिनले यूरोपका साथ रूसले युद्धको योजना नबनाएको प्रष्टीकरण दिएका थिए । तर, युरोपेली देशहरूले चाहे रूस अहिले नै युद्धका लागि तयार रहेको उनको भनाइ थियो ।

रूसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण सुरू गरेको थियो । अहिले युक्रेनी क्षेत्रका केही भूभागमा रूको नियन्त्रण छ ।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com