चितवन । उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्। शनिबार चितवनमा आयोजित पार्टीको जिल्ला भेलामा सम्बोधन गर्दै उनले ओलीले जाँचबुझ आयोगको बोलाउँदा देश ठप्प पार्ने भन्दै दिएको भनाइ अस्वीकार्य भएको बताएकी हुन्।
विश्वकर्माले प्रश्न उठाउँदै भनिन्, ‘उनले देश कुनै कुटी नभएको भन्दै जसले पनि खुल्न र ठप्प पार्न सक्छ भन्दै प्रश्न गरिन् । आज मलाई उहाँहरूको राजनीतिक चेतना र समाजप्रतिको उत्तरदायित्वप्रति गहिरो शंका लागिरहेको छ। अझ अचम्मको कुरा त के छ भने, नेतृत्वमा फर्किएपछि कड्किएर भन्नु भएको छ कि जाँचबुझ आयोगमा जान्नँ, र हाम्रो नेतृत्वलाई प्रश्न गर्नु भयो भने देश ठप्प पार्नेछौं। यो देश के कुटी हो?’
उनले वर्तमान अन्तरिम सरकारलाई एमालेले असंवैधानिक भन्दै आलोचना गरेको तर संविधानको पालना स्वयं एमालेले नगरेको भन्दै प्रश्न उठाइन्। ‘जो संविधानको पालना गर्दैन, उसलाई हामी नागरिक मान्ने कि नमान्ने? यसबारे हामी सबैले गम्भीर हुन आवश्यक छ,’ उनले सम्बोधनमा भनिन्।
विश्वकर्माले नेतृत्वमा मानविय संवेदनाको अभाव भएको व्यक्तिले समाज र देशलाई सही दिशा दिन नसक्ने समेत बताइन्। ‘छोराछोरी र भाइबहिनी हाम्रो मात्र मरेका हुन् जस्तो देखिन्छ, उहाँहरूलाई फरक नै परेको छैन। जसमा लाज, शरम, र मानविय संवेदना बाँकी छैन, यस्तो व्यक्तिले नेतृत्व गर्दा हाम्रो समाज र देश कहाँ पुग्छ?’ उनले प्रश्न गरिन्।
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार













प्रतिक्रिया