काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको शनिबार काठमाडौंमा बसेको भेलाले पार्टीको महाधिवेशनमा उठाइएका मुद्दाहरू निरन्तर उठाउने निर्णय गरेको छ।

उपसहासचिव योगेश भट्टराईका अनुसार भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, योग्यताका आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरणलगायतका विषयहरूलाई पार्टीको विधानभित्र रहेर निरन्तर अघि बढाउने निर्णय गरेको हो।

भट्टराईले भने, ‘हामीले उठाएका बिचारहरूलाई पार्टीका विभिन्न तहमा छलफलमा लैजानेछौं। मतपरिणामका कारण कुनै पनि नेता बिचलित नहुनुहोस्। पार्टीलाई थप एकता र सुदृढ बनाउने हाम्रो अठोट दृढ छ।’

उनीहरूले प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्मका गतिविधिहरूले पार्टीको लोकतान्त्रिक अभ्यासमा प्रश्न उठाएको र संरचनाको दुरुपयोग भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। भट्टराईले भने, ‘पार्टीभित्र गुटबन्दी वा काखापाखा गर्ने प्रस्ताव आएमा त्यसको प्रतिवाद गरिनेछ। साथै कुनै अराजनीतिक बार्गेनिङ पनि नगर्ने स्पष्ट निर्णय गरिएको छ।’

भेलामा सहभागी नेताहरूले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै एकता कायम गर्ने प्रतिबद्धता दोहो¥याएका छन्।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com