काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आइतबार सुरु भएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो।
सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि जेल बसिरहेका सभापति लामिछाने धरौटीमा रिहा भएपछि यो बैठक पहिलो पटक आह्वान गरिएको हो। बैठकमा लामिछानेले आफ्नो सम्बोधन गर्ने कार्यक्रम राखिएको छ।
उच्च अदालत बुटवलको इजलासले लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
धरौटीमा रिहा भएपछि उनी पहिलो चरणको कार्यक्रमअनुसार निर्वाचन क्षेत्र चितवनमा समर्थकहरूलाई सम्बोधन गरेका थिए। त्यसपछि हिजो काठमाडौँ फर्किएर केन्द्रीय कार्यालय पुगेका उनले आजको बैठकमा उपस्थित भएर पार्टी कार्यकर्तासँग छलफल गर्दै रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार













प्रतिक्रिया