काठमाडौं । जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने निर्णय गरेको छ। आन्दोलनको घोषणा गर्दै अनुमतिका लागि प्रशासनमा पुगेको जेनजी समूहलाई अनुमति नदिएकाे जेनजी अगुवा सौरभ भण्डारीले जानकारी दिएका छन्।
भण्डारीका अनुसार सोमबार जेनजी समूहले आन्दोलन गर्न पाउनुपर्ने मागसहित पत्र बुझाएका थिए। तर, प्रशासनले आन्दोलनको अनुमति नदिएको उनले बताए।
मिराज ढुङ्गाना सहितको नेतृत्वको समूहले आइतबार आन्दोलनको घोषणा गर्दै सोमबार अनुमति माग्न प्रशासन कार्यालय पुगेको थियो। सोमबार बिहान ११ बजेदेखि माइतीघरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार













प्रतिक्रिया