काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले उक्त घटनालाई नेपालको इतिहासमा अत्यन्तै अकल्पनीय र दुःखद् कालो दिनको रूपमा स्मरण गरे। उनले सार्वजनिक पदमा बसेकाहरूको नैतिकता र राजनीतिक उत्तरदायित्व अत्यन्त महत्त्वपूर्ण हुने बताए।

advertisement

घटनाबारे बोल्दै उनले जिम्मेवारी स्वीकार गर्नु कमजोरी नभई नेतृत्वको परिपक्वता हुने उल्लेख गरे।  सार्वजनिक पदमा रहेका व्यक्तिको नैतिकता ठूलो कुरा हो, राजनीतिक नैतिकता अझ ठूलो हो। म यसको जिम्मा लिन्छु भन्नु सानो हुनु होइन, बरु ठुलोपन हो, उनले भने।

महामन्त्री थापाले घटनाको विस्तृत छानबिन प्रक्रिया अघि बढ्न सक्ने बताए पनि त्यस दिनको समग्र जिम्मेवारी सरकारमा रहेका नेतृत्वले लिनुपर्नेमा जोड दिए। यदि आफू त्यतिबेला सरकारको नेतृत्वमा रहेको भए जिम्मेवारी लिन्थेँ भन्दै उनले तत्कालीन प्रधानमन्त्रीले नैतिक रूपमा जवाफदेही बन्नुपर्ने स्पष्ट धारणा राखे।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com