काठमाडौं । राष्ट्रियसभाका पूर्व सदस्य राधेश्याम अधिकारीले फागुन २१ गते तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अब कानुन संशोधन गर्ने समय नभएको बताएका छन्।
सोमबार सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा उनले निर्वाचन व्यवस्थापनसँग सम्बन्धित आवश्यक कानुन संशोधनहरू भइरहे पनि, अब थप संशोधन गर्न पर्याप्त समय नभएको स्पष्ट पारेका हुन्।
अधिकारिले भने, ‘यस विषयमा पहिले पनि छलफल भइसकेको थियो। निर्वाचन ऐन बनाउँदा पनि यो कुरा उठेको थियो। हामी भर्खरै चुनावमा लाग्दैछौँ। चुनावको समयमा कानुन संशोधनको अभियान बोझिलो र विवादास्पद बन्न सक्ने भएकाले मतदानमा जनतालाई प्रोत्साहित गर्ने दृष्टिले तत्काल सुधार नगरेको हो।’
उनले ‘नो भोट’को व्यवस्था राख्न नहुने तर्क गर्दै भने, ‘हाल हालेको मत पनि करिब ६ प्रतिशत बढी बदर हुने अवस्था छ। यस्तो अवस्थामा नो भोट राख्दा के हुन्छ, नराख्दा के हुन्छ भन्ने विषयलाई ध्यान दिनुपर्छ।’
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार













प्रतिक्रिया