काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न नमिल्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा फागुन २१ को निर्वाचनबारे भएको सर्वपक्षीय छलफलमा पूर्वमन्त्री समेत रहेका पुनले निर्वाचनसम्बन्धी ऐन कानुन संशोधन गर्ने चर्चाबारे यस्तो बताएका हुन् ।
उनले फागुन २१ को निर्वाचनमा सकारात्मक सहयोग गर्न तयार रहेपनि खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न नहुनेमा जोड दिए ।
‘चुनावको म्याण्डेट पुरा गर्न के–के चाहिन्छ, त्यो गर्न हामी तयार छौँ । तर विश्वव्यापी मान्यता र हाम्रो व्यवहारिक हिसाबले पनि खेल सुरु भइसकेपछि नियम बदल्नु हुँदैन, बदलियो भने त्यसले द्वन्द्व ल्याउन सक्छ’, नेता पुनले सुझाव दिए ।
उनले सरकारले फागुन २१ गतेको निर्वाचनलाई धकेल्न नमिल्ने समेत बताए ।
विदेशमा रहेका नागरिकहरूले मतदान गर्न पाउनुपर्ने माग जायज भएपनि यसबारेमा आयोगले के गर्न सक्ने र के नसक्ने प्रस्ट बताउनुपर्ने पुनको भनाई थियो ।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार












प्रतिक्रिया