काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै अदालत धाउनुपरेको अवस्थालाई ‘गुन तिर्नु’ सँग तुलना गरेका छन्।

सोमबार काठमाडौं जिल्ला अदालतमा तारेख बुझ्न पुगेका लामिछानेले केपी ओलीले आफूलाई ‘गुन लगाएको’ भन्ने गरेको उल्लेख गर्दै, त्यही गुन तिर्न देशभरका अदालतमा सातै दिन तारेख बुझ्न धाउनुपरेको टिप्पणी गरे।

उनले देशका विभिन्न जिल्लाका अदालत धाउनुपर्दा शरीरभरि किला ठोकेको जस्तो अनुभूति भएको भन्दै आगामी सात दिनभित्र सबै सम्बन्धित अदालतमा उपस्थित हुनुपर्ने अवस्था रहेको जानकारी दिए।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगो बापत जमानत लिएर रिहा गर्न आदेश दिएपछि लामिछाने गत शुक्रबार रिहा भएका थिए।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com