काठमाडौं । दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको एक प्रकारको अमेरिकी भिसा लिएका र चाडपर्वको मौसममा स्वदेश फर्किएका हजारौँ भारतीय व्यवसायी अमेरिका उड्न पाएका छैनन्। श्रम अनुमतिका लागि भिसा नवीकरणका लागि अन्तर्वार्ता १२ महिना वा त्योभन्दा बढी समयसम्म स्थगित गरेका कारण काममा फर्किन असमर्थ बनेका हुन्।
मिडिया रिपोर्टका अनुसार नयाँ दिल्लीस्थित अमेरिकी दूतावास र विशेष गरी चेन्नई र हैदराबाद लगायतक धेरै शहरका वाणिज्य दूतावासहरूले यस्ता अन्तर्वार्ताहरूका लागि ‘एक्कासी पुनःतालिका’ बनाइ ढिलो गरेका कारण उनीहरू काममा फर्किन नसककेका हुन्।
“विदेश मन्त्रालयले नियमित रूपमा संसाधनको उपलब्धतासँग मेल खाने आवश्यकताअनुसार वार्ताको तालिका परिवर्तन गर्दछ। हामी कुनै पनि परिवर्तनको बारेमा प्रभावित भिसा आवेदकलाई सिधै सूचित गर्नेछौँ,“ नयाँदिल्लीस्थित अमेरिकी दूतावासका प्रवक्ताले भनेका छछन्।
अमेरिकी विदेश मन्त्रालयले उच्च दक्ष भारतीय पेशेवरलाई ‘अमेरिकी राष्ट्रिय सुरक्षा वा सार्वजनिक सुरक्षा’ सुनिश्चित गर्ने ट्रम्प प्रशासनको नयाँ सामाजिक मिडिया जाँचबुझ नियम लागू भएपछि उनीहरूको अन्तर्वार्ता ढिलाइ भएको बताएको थियो।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार












प्रतिक्रिया