हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका– ४ माझाँ गाउँमा आगलागी भएर घर जल्दा एक विपन्न परिवारको बिचल्ली भएपछि राहत संकलन गरी सहयोग गरिएको छ।
खार्पूनाथ गाउँपालिका–४, माजा निवासी सोभान रावतको घरमा मिति २०८२/०७/२६ गते राति भएको आगलागीका कारण पूर्ण रूपमा जलेर नष्ट भएको थियो।
पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले संकलित रकम रु ३१,६१७ (एकतीस हजार छ सय सत्र रुपैयाँ) राहतस्वरूप प्रदान गरिएको हो। राहत संकलन तथा वितरणमा नेपाली कांग्रेस नेविसंघका नेता सतल रोकाया र विशाजंग शाहीको प्रमुख भूमिका रहेको थियो।
आगलागी पीडितलाई तत्काल सहयोग पुर्याउन सक्रियतापूर्वक हातेमालो गर्ने सम्पूर्ण सहयोगी हातहरूप्रति पीडित परिवारले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। स्थानीयवासी, युवानेता तथा सहयोगी दाताहरूको सहकार्यले विपद्को घडीमा मानवीयता र एकताको सन्देश दिएको छ।
स्थानीय तह र सरोकारवालाहरूले आगलागी पीडित परिवारको पुनर्स्थापनाका लागि थप सहयोग र आवश्यक पहल गर्नुपर्ने आवाज पनि उठेको छ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार













प्रतिक्रिया