काठमाडौं । काठमाडौं महानगरपालिका–३२ मा सोमबार राति भएको सवारी दुर्घटनामा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदलयात्रीको ज्यान गएको छ।

बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका अन्दाजी ६० वर्षीय पुरुषलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा उनलाई तत्काल राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

advertisement

मृतकको नाम, थर र ठेगाना हालसम्म खुलेको छैन। प्रहरीका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइसकिएको छ भने घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले मृतकको पहिचान खुलाउने प्रयास जारी राखेको र दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com