काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर–१ बाट दीपक बहादुर सिंहको एकल नाम सिफारिस गरेको छ।

राप्रपा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले प्रत्यक्षतर्फ सिंहको नाम सिफारिस गरेको हो।

advertisement

त्यसैगरी समानुपातिकतर्फ उमेश थापा, नवराज थपलिया, अरुण लामा, मनोज कुमार मोक्तान र बालकृष्ण श्रेष्ठको नाम सिफारिस गरिएको छ।

बैठकले सरस्वती कुमारी थिङ, मनिषा स्याङतान, हिरा कुमारी भट्ट, हिरा चौरेल, सन्देश परियार, दिपु सुनार र शुक्रराज प्रजाको नाम पनि सिफारिस गरेको छ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com