काठमाडौं । निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको ‍‍‍ बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको निर्वाचन आयोले जनाएको छ ।

आयोगले आम आदमी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, (गौरवशाली), नेपाल समाजवादी पार्टीको दर्ता खारेजी गर्ने निर्णय गरेको हो ।

advertisement

यसअघि आयोगले यी ६ दलसँगै शिव सेना नेपाललाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो । शिव सेनाले आयोगले मागे बमोजिमको विवरण बुझाए पनि अन्य ६ दलले बुझाएनन् ।

आजको बैठकले टुंग्याइसकेको भए पनि प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने भोलि यसबारे जानकारी गराइने बताए ।

उनले अनलाइनखबरसँग भने, ‘आज यसबारे छलफल भयो । निर्णय भोलि सुनाइन्छ ।’

यी दलहरूले कानुनले व्यवस्था गरेअनुसारको विवरण उपलब्ध नगराएको, स्पष्टीकरण सोध्दा जवाफ नदिएकोले खारेज गर्ने निर्णय भएको हो ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com