काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूको सञ्जाल तल्लो तहसम्म सक्रिय भएकाले उनीहरूमार्फत निर्वाचनको सन्देश प्रवाह गर्न सरकार सक्रिय भएको बताएका छन्।
मंगलबार नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयको अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री सिन्हाले यस्तो बताएका हुन्। उनले निर्वाचनको वातावरण अझ सुदृढ बनाउन सरकारले राजनीतिक दलहरुलाई निर्वाचनको सन्देश तल्लो तहसम्म प्रभावकारी रुपमा प्रवाह गर्न आग्रह गरेको बताए।
उनले दलहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको जिज्ञासा संकलन गरी सरकारसमक्ष लैजाने जिम्मेवारीस्वरुप आफूहरु छलफल गरिरहेकोसमेत बताए।
उनले सरकार र जेनजी युवा पुस्तासमेत निर्वाचन गर्नुपर्ने मनसायका साथ अगाडि बढिरहेको बताए। उनले जेन–जी अगुवाहरुको माध्यमबाट विभिन्न मागहरु आउनु स्वभाविक भएको पनि बताए।
उनले सरकार राजनीतिक दलहरूसँग संवाद गरी निर्वाचनको अनुकूल वातावरण निर्माण गर्न सक्रिय रहेको बताए।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार












प्रतिक्रिया