जनकपुरधाम । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी क्षेत्र नम्बर–४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

क्षेत्रीय समितिको भेलाले प्रत्यक्षतर्फका उम्मेदवारका लागि दुई जनाको नाम अघि सारेको हो। समितिका अनुसार पहिलो प्राथमिकतामा प्रचण्ड र दोस्रो प्राथमिकतामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहको नाम सिफारिस गरिएको छ।

यसैगरी, समानुपातिक प्रणालीतर्फ अरबिन्द दाससहित पाँच जनाको नाम सिफारिस गरिएको छ भने राष्ट्रिय सभातर्फ राजेन्द्रप्रसाद साहसहित चार जनाको नाम सिफारिस गरिएको समितिले जानकारी दिएको छ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com