जनकपुरधाम । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी क्षेत्र नम्बर–४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
क्षेत्रीय समितिको भेलाले प्रत्यक्षतर्फका उम्मेदवारका लागि दुई जनाको नाम अघि सारेको हो। समितिका अनुसार पहिलो प्राथमिकतामा प्रचण्ड र दोस्रो प्राथमिकतामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहको नाम सिफारिस गरिएको छ।
यसैगरी, समानुपातिक प्रणालीतर्फ अरबिन्द दाससहित पाँच जनाको नाम सिफारिस गरिएको छ भने राष्ट्रिय सभातर्फ राजेन्द्रप्रसाद साहसहित चार जनाको नाम सिफारिस गरिएको समितिले जानकारी दिएको छ।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार













प्रतिक्रिया