कपिलवस्तु । तौलिहवा–भैरहवा सडक खण्डअन्तर्गत कपिलवस्तुको मायादेवी गाउँपालिका–१, बरोहियामा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृतक ओसामा मोहम्मद मुसलमान, २५ वर्ष, मायादेवी गाउँपालिका–६, डुम्राका हुन्। घटना राति तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको लु १८ प ८७६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१००१ ख ०६८३ नम्बरको ट्रकले ठक्कर दिँदा भएको हो।

advertisement

घटनास्थलमा उपचारका लागि लगिएकी मुसलमानलाई कपिलवस्तु अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार ट्रक र चालक दुवै नियन्त्रणमा राखिएका छन्।

सुरक्षाकर्मीले थप अनुसन्धान जारी राखेका छन्।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com