एजेन्सी । दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर पोखरीमा खसेपछि बालबालिका सहित आठ जनाको मृत्यु भएको सरकारी मिडियाले बुधबार जनाएको छ ।

घटना साङ्घाईबाट ४८० किलोमिटर पश्चिममा ग्रामीण क्षेत्र पेन्जे काउन्टीमा भएको पानीको पेखरीमा भएको जनाइएको छ । पिपुल्स डेली प्रेस अन्तर्गतको प्रकाशन न्यू सेक्युरिटीका अनुसार हालैको वर्षाले गर्दा चिप्लो भएको सडकको तल्लो भागमा उक्त कार दुर्घटना भएको हो ।

advertisement

सात सिटको एसयूभी सामान्यतया यस क्षेत्रका निजी शिशुस्यार (किन्डरगार्टेन) मा जाने बच्चाहरूलाई ओसार पसार गर्न प्रयोग गरिएको रिपोर्टले जनाएको छ ।

दुर्घटनाको समयमा किन्डरगार्टेनका धेरै बालबालिका गाडीमा सवार रहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ । काउन्टी सुरक्षा अधिकारीहरूले प्रकाशित गरेको अघिल्लो वक्तव्यले चालक सहित आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

विज्ञप्तिमा अन्य पीडितहरूको बारेमा कुनै जानकारी नदिइएको तर अनुसन्धान जारी रहेको बताइएको छ ।

  • रासस

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com