सुर्खेत । कर्णाली प्रदेशका पूर्वमन्त्री नन्दसिंह बुढा १५ वर्षअघि अस्तित्वमै नरहेको विद्यालय खडा गरी सरकारी रकम भुक्तानी लिएको अभियोगमा भ्रष्टाचारी ठहर भएका छन् ।

आर्थिक वर्ष २०६७/०६८ मा डोल्पाको तत्कालीन दुनै गाविस–२ र ३ स्थित तिप्लामा नक्कली दुर्गा प्राथमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको झुटा कागजात बनाएर सात लाख ६० हजार रुपैयाँ भुक्तानी लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

advertisement

विशेष अदालतले बुढासहित तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख रविचन्द्र पञ्जियार, लेखापाल मनीराम कुर्मी र उपभोक्ता समितिका कोषाध्यक्ष संगीता बुढालाई दोषी ठहर गरेको छ । उनीहरूलाई जनही एक लाख ९० हजार रुपैयाँ जरिवाना र एक वर्ष ६ महिना कैद सजाय सुनाइएको छ ।

बुढा २०७४ मा नेकपा (एमाले)बाट कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएका थिए भने विभिन्न राजनीतिक उतारचढावका बीच मन्त्रीसमेत बनेका थिए ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com