काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता–२०८२ जारी गरेको छ।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता जारी गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार प्राप्त अधिकार प्रयोग गर्दै आयोगले उक्त आचारसंहिता लागू गरेको हो।
आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची समावेश छन्। नयाँ आचारसंहिता लागू भएसँगै यसअघि जारी निर्वाचन आचारसंहिता–२०७९ खारेज गरिएको आयोगले जानकारी दिएको छ। आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गर्न सकिने व्यवस्था गरिएको छ भने विद्युतीय माध्यम तथा सूचना प्रविधिको प्रयोगसम्बन्धी प्रावधान पनि राखिएको छ। साथै, निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था आचारसंहितामा समावेश गरिएको छ।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार












प्रतिक्रिया