काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगमा उपस्थित भई बयान दिन सुझाव दिएका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको जाँचबुझ आयोगले लेखकलाई बयानका लागि बोलाएपछि यस विषयमा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल भएको थियो।
बैठकमा सहभागी केन्द्रीय कार्यसम्पादन समितिका अधिकांश नेताहरूले लेखकले आयोगमा गएर बयान दिनु उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।
यससम्बन्धी जानकारी दिँदै पार्टी प्रवक्ता प्रकाशशरण महतले लेखकलाई बयानमा जान सुझाव दिइएको बताए। “उहाँलाई बयानमा बोलाइएको विषयमा छलफल भयो। हामीले उहाँलाई बयानमा जानु राम्रो हुन्छ भनेर सुझाव दिएका छौँ,” उनले भने।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया