काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ६०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य घटेकाे छ। बुधबार तोलामा २ हजार ४२० रुपैयाँ कायम भएकाे चाँदीको मूल्य बिहीबार भने घटेर ४ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया