काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच व्यक्तिगत स्तरमा वान–टु–वान वार्ता चलिरहेको छ।
ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा भइरहेको यस वार्तामा दुई नेताले चुनाव नजिकिँदै नयाँ राजनीतिक शक्तिहरूबीच तालमेल र रणनीति तय गर्ने प्रयास गरिरहेका छन्।
पहिलेका चरणमा सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्की लगायत नेताहरू बेनको निवासमा सामूहिक छलफलमा सहभागी भएका थिए। सामूहिक छलफलपछि अब केवल रवि लामिछाने र बालेन शाहबीच व्यक्तिगत वार्ता भइरहेको छ।
राजनीतिक विश्लेषकहरूले यसलाई आगामी निर्वाचनमा वैकल्पिक शक्ति निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिरहेका छन्।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया