काठमाडौं । जेनजी फ्रन्टकी अगुवा रक्षा बम र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच बुधबार साँझ राजनीतिक सहकार्यका अवसरमा वार्ता भएको छ। वार्तामा मेयर शाहले देशको विकास र वैकल्पिक शक्ति निर्माणका लागि बमसँग सहकार्य गर्न अनुरोध गरेका थिए।
वार्ताका क्रममा दुवै नेताले इमानदारिता र निस्वार्थ देशसेवालाई साझा आधार मानेर अगाडि बढ्ने विषयमा गहन छलफल गरेका थिए। बमका अनुसार, उनले सहकार्यका लागि आवश्यक सैद्धान्तिक आधारहरू खोजेकी थिइन्। बैठकपछि उनीहरूले ‘देशमा काम गर्ने नेतृत्व चाहिन्छ, जसमा कुनै व्यक्तिगत स्वार्थ नहोस्। हाम्रो साझा धरातल इमानदारिता नै हो,’ भनी सहमति जनाएको बताइन्।
मेयर शाहले जेनजी फ्रन्टका सदस्यहरूलाई एकत्रित गर्न बमलाई विशेष भूमिका खेल्न पनि अनुरोध गरेका थिए। साथै, छलफलमा ‘देश विकास पार्टी’ को नाममा सहकार्य गर्ने प्रस्ताव पनि बालेनले अघि सारेका थिए।
वार्तामा वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउनुको आवश्यकता र त्यसका रणनीतिक पक्षमा पनि विशेष जोड दिइएको थियो।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया