काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको वार्तास्थलबाट जेनजी फ्रन्टकी अगुवा रक्षा बम बाहिरिएकी छिन्।
ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा उक्त वार्ता सम्पन्न भएको हो। वार्तामा रक्षा बमका साथै अन्य जेनजी अगुवा, कलाकार तथा निवर्तमान सांसदहरूको समेत सहभागिता रहेको थियो।
वार्ता सकिएपछि रवि लामिछाने बाहिरिएका थिए। लामिछाने निस्किएलगत्तै रक्षा बम पनि निवासबाट बाहिरिएकी हुन्। उनले आफू पुनः फर्किने संकेत गर्दै त्यहाँबाट प्रस्थान गरेको बताइएको छ।
बालेन शाह र रवि लामिछानेबीचको यस भेटवार्तालाई राजनीतिक रूपमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। दुवै पक्षका निकट व्यक्तिहरूले यसलाई निर्णायक छलफलका रूपमा व्याख्या गर्दै आएका थिए।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया