काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच महत्वपूर्ण भेटवार्ता भएको छ।
बिहीबार ललितपुरस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा भएको भेटमा वैकल्पिक राजनीतिक शक्ति एकजुट हुनुपर्ने विषयमा केन्द्रित रहेर छलफल भएको जनाइएको छ।
भेटवार्तामा डा. भट्टराईसँगै उनकी छोरी मानुषी यामी पनि सहभागी थिइन्।
स्रोतका अनुसार, छलफलमा समसामयिक राजनीतिक परिस्थिति, वैकल्पिक शक्तिहरूबीचको सहकार्य र आगामी निर्वाचनका सम्भावनाबारे विचार–विमर्श गरिएको छ।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया