प्रधानमन्त्रीबाट राजीनामा दिने मनस्थितिमा सुशीला कार्की

'राजनीतिक दलले पनि मारले  गाली गर्छन्। अहिले छोड, भोलि छोड, पर्सि छोड भन्छन्। तर छोड्दा पनि सबैले मलाई गाली गर्ने अवस्था छ।'



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हाल आफूलाई जेन–जी आन्दोलनको दबाबका कारण सरकार छोड्नुपर्ने अवस्था सिर्जना भएको स्वीकार गरेकी छिन्। बिहीबार आयोजित बाह्रखरी कथा प्रतियोगिता विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा उनले आफ्नो अनुभव साझा गर्दै यस्तो दुखेसो पोखेकी हुन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘राजनीतिक दलले पनि मारले  गाली गर्छन्। अहिले छोड, भोलि छोड, पर्सि छोड भन्छन्। तर छोड्दा पनि सबैले मलाई गाली गर्ने अवस्था छ।’ उनले थपिन्, ‘छोड्ने निर्णय गर्दा पनि ‘के गर्याौ?’ भन्ने भाष्य आउँछ। हामी पेन्डुलम जस्तो भयौँ, धेरै मेहनत र धैर्यसाथ काम गरिरहेका छौँ।’

advertisement

युवाहरूबाट ‘निर्वाचन किन चाहियो?’ जस्ता प्रश्न र चुनौतीपूर्ण प्रतिक्रिया आउँदा आफू तनावमा परेको उनले सुनाइन्। अहिलेको परिस्थितिलाई उनले सुखद नभएको अवस्थाको रूपमा वर्णन गरिन्।

प्रधानमन्त्री कार्कीले कथाकारहरूलाई आफ्नै बारेमा कथा लेखिदिन आग्रह गर्दै बताए कि जेन–जी समूहका करिब २५–३० वटा भिन्न–भिन्न समूहले एउटाले एउटा काम, अर्कोले अर्को काम गर्ने भन्दै आफूलाई हैरान पारेको छ।

‘अब त मुलुक बाङ्लादेश नहोस् भन्ने सुरमा हामी छौँ,’ उनले थपिन्। यसरी उनले वर्तमान राजनीतिक चुनौती, दबाब र कठिन परिस्थितिबारे गहन अनुभव साझा गरिन्।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com