काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच आज साँझ फेरि महत्वपूर्ण भेटवार्ता हुने भएको छ।
स्रोतका अनुसार, उनीहरूबीच पुनः छलफलको तयारी रहेको छ। यसअघि बिहानैदेखि बालेन ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको निवासमा विभिन्न राजनीतिक छलफलमा व्यस्त थिए।
रवि लामिछाने पनि छलफलका लागि त्यहीँ पुगेका थिए र त्यसपछि विभिन्न दलका नेतासँग थप छलफल गर्दै फर्किएका थिए। स्रोतले जानकारी दिए अनुसार, रविले पार्टीको उच्च तहसँग एकपटक छलफल गरेर पुनः उपस्थित हुने योजना बनाएका थिए।
बेलुकीको बैठकका लागि न्यूट्रल स्थान रोज्ने प्रस्ताव रविले गरेका थिए। यसबारे मेयर बालेनले अहिलेसम्म कुनै जवाफ दिएका छैनन्।
यो बैठक आगामी निर्वाचन र वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फको रणनीतिक कदमको रूपमा हेरिएको छ।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया