काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी नदिने घोषणा गरेका छन्।

बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्मा यसबारे निर्णय सार्वजनिक गरे।

advertisement

झापा–१ निर्वाचन क्षेत्रबाट उनलाई पार्टीले सर्वसम्मत रूपमा सिफारिस गरेको थियो। तर, शर्मा आफ्नो उम्मेदवारी नदिने निर्णय गर्दै सिफारिसका लागि पार्टीलाई धन्यवाद व्यक्त गरे।

शर्माले आफूले यो निर्णय व्यक्तिगत कारणका लागि लिएको जनाउँदै आगामी निर्वाचनमा सहभागी नहुने स्पष्ट पारेका छन्।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com