काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी संसदीय निर्वाचनका लागि चितवन–३ निर्वाचन क्षेत्रबाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई प्रतिनिधिसभा उम्मेदवारका रूपमा सर्वसम्मत रूपमा सिफारिस गरेको छ।
पार्टीको क्षेत्र नम्बर ३ को बिहीबार बसेको बैठकले प्रत्यक्षतर्फ उम्मेदवारको रूपमा दाहालको नाम एकमतले सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले आगामी फागुन २१ मा हुने संसदीय निर्वाचनलाई लक्षित गर्दै रेनुलाई उम्मेदवार बनाउने निष्कर्ष निकालेको जनाइएको छ।
पार्टीको निर्णयप्रति आभार व्यक्त गर्दै रेनु दाहालले जनताको विश्वासअनुसार चुनावी मैदानमा उतार्न तयार रहेको प्रतिक्रिया दिएकी छन्।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया