काठमाडौं  । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्।

बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा शर्माले आफू आगामी निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट पारेका हुन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा–१ बाट निर्वाचित भएका थिए।

advertisement

शर्माले एक वर्षअघि २०८१ पुस २१ गते झापाको मेचिनगर–धुलाबारीस्थित अतिथि सदनमा आयोजित कार्यक्रममा नै २०८४ को निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरिसकेको स्मरण गराए। त्यस क्रममा उनले “आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरूले अहिल्यैदेखि गाउँ–गाउँमा मेहनत गर्नुस्, म २०८४ मा उम्मेदवार बन्न इच्छुक छैन” भनेका थिए। पुनः सर्वसम्मत सिफारिस गरिएकोमा झापा–१ का पार्टीका साथीहरूप्रति उनले आभार व्यक्त गरेका छन्।

राजनीतिमा आफ्नो शक्ति रहेसम्म उम्मेदवार बन्ने, जितेपछि त झन् क्षेत्र नछोड्ने र हार्दा पनि अर्को क्षेत्र वा अर्को तहबाट फेरि उम्मेदवार बन्ने प्रवृत्ति गलत रहेको शर्माको भनाइ छ। जीवनभर क्षेत्र ‘कब्जा’ गर्ने सोच र सास रहुञ्जेल मन्त्री भइरहने चाहनाले राजनीति बिग्रिएको उल्लेख गर्दै उनले यस्तो संस्कार तोड्न जरुरी रहेको बताए।

लगातार तीन पटक उम्मेदवार भइसकेकाले यस पटक आफू उम्मेदवार नबनी अन्य साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमै गरेर आएको जानकारी उनले दिए। अघिल्लो निर्वाचनमा आफू क्षेत्रमै सीमित रहेको उल्लेख गर्दै यसपटक देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको पक्षमा खटिने पनि उनले बताए।

उनले निर्वाचनमा अनुहार फेरेर जानुपर्ने, बढीभन्दा बढी युवा र नयाँ नेताहरूलाई अवसर दिनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com