काठमाडौं  । बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग स्पिन सन्दीप लामिछानेको टिमले आज पहिलो खेल खेल्दैछ।

लामिछाने आबद्ध टिम राजशाही वारियर्सले शुक्रबार पहिलो खेल खेल्न लागेको हो। यो खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा वारियर्सले सिलेट टाइटन्सको सामना गर्न लागेको हो। पहिलो खेलमा सन्दीप प्लेइङ–११ मा पर्ने सम्भावना रहेको छ।

advertisement

यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध भएका हुन्। लामिछाने बीपीएलमा दोस्रो पटक अनुबन्ध भएका हुन्। रोचक त के छ भने आज पहिलो खेलमा सन्दीपले प्रतिस्पर्धा गर्न लागेकै टिम सिलेट टाइटन्समा यसअघि उनी २०१९ मा अनुबन्ध भएका थिए।

सन्दीपको टिमलाई बंगलादेशका कप्तान नजमुल हुसेनले नेतृत्व गर्दैछन्। यो टिममा नेपाल प्रिमियर लिग खेलेका जिमी निशमसमेत छन्।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com