काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध दायर गरिएको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ उच्च अदालत पाटनमा हुँदैछ।

उक्त मुद्दा बुधबार न्यायाधीशद्वय लेखनाथ पौडेल र गीता प्रसाद तिम्सिनाको संयुक्त इजलासमा पेश हुने भएको हो। यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

advertisement

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईंको बैंकिङ कारोबारबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र पठाएको थियो। त्यसपछि सीआईबीले अनुसन्धान पूरा गरी विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

सोही प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले प्रसाईंविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गर्दै जरिवाना र कैद सजायको मागसहित मुद्दा दायर गरेको हो। साथै पीडित राहत कोषमा क्षतिपूर्तिसमेत भराउन माग गरिएको छ।

प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खातामार्फत राउन्ड ट्रिपिङजस्ता गलत कारोबार गरेको, स्वार्थ बाझिने गरी आपसी पक्षसँग लेनदेन गरेकोलगायत शंकास्पद वित्तीय गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com