काठमाडाैं । बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । ठाकुरबाबा नगरपालिका–६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सन्तराम समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भुरिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ५० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया