काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जानकारी दिएको अनुसार उनी आज दिउँसो २ बजे शपथ ग्रहण गर्ने तयारी भइरहेको छ।

शर्मालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको बताइएको छ। हाल उक्त मन्त्रालयको कामकाज प्रधानमन्त्री सुशीला कार्की आफैँले सम्हाल्दै आएकी छन्।

यसअघि शर्मा सेना समायोजन विशेष समिति सचिवालयको संयोजकको रूपमा समेत कार्यरत रहिसकेका छन्।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com