काठमाडौं । सर्वोच्च अदालतले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगविरुद्ध दायर रिट खारेज गरेको छ। शुक्रबार न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले आयोगका पदाधिकारीमाथि उठेका प्रश्नको समीक्षा गर्दै रिट खारेज गर्ने आदेश दिएको हो।

अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका पूर्व अभिव्यक्तिका कारण उनको निष्पक्षतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए। आयोगमा पूर्व एआइजी विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारी पनि सदस्य रहेका छन्।

advertisement

स्रोतका अनुसार सर्वोच्च अदालतले रिट खारेज गर्दै केही निर्देशनात्मक आदेशसमेत जारी गरेको छ। यसअघि कात्तिक ९ गते न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com